‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोसी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु

मोरङ । कोसी प्रदेशमा पहिलो पटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रवारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।

मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रवारदेखि तालिम सुरु गरेको हो । 

अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्त रूपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा  योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ । 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : १५ बजे