यस्तो छ आजको विनिमय दर

प्राधिकरणले बेच्यो रु १५ अर्ब २४ करोडको बिजुली

काठमाडौँ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० सम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी  १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । 

 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ५९ बजे