समृद्धिको सपना साकार पार्न एमालेको सङ्कल्प यात्रा : अध्यक्ष ओली

गोरखा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउनुभएको छ । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत गोरखाको पालुङटारमा आयोजित कोणसभामा उहाँले देशमा रहेका सबै खालका समस्या समाधान गर्न आफ्नो पार्टी लागिपरेको बताउनुभयो । उहाँले समृद्धिको सपना पूरा गर्न एमालेको नेतृत्वको एकल सरकार आवश्यक पर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशलाई समृद्धि बनाउन चाहेको बताउँदै समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको औँल्याउनुभयो । 

अभियानअन्तर्गत आज बिहान अध्यक्ष ओलीले गोरखा जिल्लाका विभिन्न सवालबारे स्थानीय सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले गोरखाका सचिव काजीराम रोकाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : १० बजे