साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युवा साहित्यकार अधिकारीकाे दोस्रो कृति ‘आधा मण्डप’ लोकार्पण

काठमाडौँ । युवा साहित्यकार रूपक अधिकारीको दोस्रो कृति ‘आधा मण्डप’ को लोकार्पण भएको छ ।

आज प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उनका दोस्रो कृति ‘आधा मण्डप’ को लोकार्पण भएको हो । 

कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास आधा मण्डपको लोकार्पण गरेका हुन् । 

उपन्यासकार अधिकारीको यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ । ‘रिड एन्ड राइज पिक्चर एन्ड प्रिन्टद्वारा वितरित उपन्यासको प्रकाशक अमिर केसी र सहदेव अर्याल ‘यात्री’ रहेका छन् ।

उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रित रहेर आधा मण्डप उपन्यास लेखिएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५३ बजे