आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्रीलाई विपिन जोशीका बाआमाको प्रश्न- हाम्रो छोरा हमासको नियन्त्रणबाट कहिले छुट्छ ?

काठमाडौं । हमासले नियन्त्रणमा लिएका विपिन जोशीका बा–आमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । शुक्रबार कैलालीको धनगढी विमानस्थलमा विपिनका बा–आमाले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटमा विपिनका बा–आमाले छोराको रिहाइका लागि अझै पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । ‘हाम्रो छोराको रिहाइका लागि सरकारले अझै पहल गरिदियोस् भन्ने चाहन्छौं’, विपिनका बा–आमाले प्रधानमन्त्रीसँग भने । उनीहरुले ‘हाम्रो छोरा कहिले छुट्छ ?’ भन्दै प्रधानमन्त्रीसँग प्रश्नसमेत गरे ।

इजरायलमा अध्ययनका लागि गएका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको छ । तर उनको पछिल्लो अवस्था अज्ञात छ ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री धनगढी गएका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : १८ बजे