सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल–भारत सीमानामा रहेका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार सुरु  

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सिमानामा रहेका ३१७ वटा सीमा स्तम्भको मर्मत सम्भार सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ नं. गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा नं. ७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१÷१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट मर्मत सम्भार कार्य सुरु गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोसी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले उक्त सीमा स्तम्भमा संयुक्त रूपमा रंगरोगन गरेर सीमा स्तम्भहरूको मर्मत सम्भार कार्यको शुभारम्भ गर्नुभयो ।

नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भहरूको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भहरूको मर्मत सम्भार नेपाली पक्षले गर्नुपर्नेछ । 

भारतीय पक्षले झापा जिल्लासँग सिमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरूको मर्मत सम्भार पहिल्यै गरिसकेको बताइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ५९ बजे