कस्तो छ आजको मौसम ? 

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

हाल कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानहरूमा हुस्स÷कुहिरो लागेको छ ।

त्यस्तै, आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ५५ बजे