‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । 

सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ४ : ३२ बजे