साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

झुलाघाट चिवाभन्ज्याङ समृद्धि यात्राको  सन्दर्भ र स्वरूप 

जनता नै एमालेको सञ्जीवनी बुटी

एमालेका मूल आधार जनताकै कुटी

जनहितका राम्रा काम गर्दा एमाले 

शत्रुहरूको घेरामा प¥यो एमाले 

जनताकै साथ पाई जाग्छ एमाले 

          ने क पा एमाले नेतृत्वको दुई तिहाइ नजिकको ओली सरकारका विरुद्ध  अनेक षडयन्त्र गरियो  । यस कुकर्ममा पार्टी भित्रकै हरियो सर्प लागि परेको ओलीले बताउनु भयो । त्यति बेला नै उक्त  गीत मैले लेखेकी थिएँ ।  देशी विदेशी मिलेर  संसद् विघटनजस्तो अप्रिय काम गर्न बाध्य बनाइयो । संसदीय व्यवस्था भएका मुलुकहरूमा बाध्यतावश संसद् विघटन  गर्ने सर्व मान्यता स्थापित देखिन्छ । नेपालकै संविधानको सारमा संसद् विघटनलाई परोक्ष रूपमा समर्थन नै गरेको देखिन्छ । तर त्यसलाई अवैधानिक भन्नेहरूले संसद्लाई नै छलेर टिके प्रधानमन्त्री र सरकार बनाएकामा हर्ष उमङ्ग मनाएको लाज मर्दो दृश्य देखियो  ।  उक्त गीतमा उल्लेख गरेझैँ  जनता जगाउन पार्टीले झुलाघाट चिवाभन्ज्याङ समृद्धि सङ्कल्प यात्रा सुरु भएको छ ।   

 

यो यात्रा ऐतिहासिक रहेको छ ।  कोसी प्रदेशमा यो यात्रा मंसीर २६ प्रवेश गर्ने छ । र तेह्रथुमको वसन्तपुरमा मंसीर २९ गते आमसभाका सहित रचनात्मकरुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । यसका लागि  प्रदेश अध्यक्ष घनश्याम खतिवडाको नेतृत्वको  समिति सक्रिय रहेका जानकारीमा आएको छ । यसले कोशी नामकरण विरुद्धका अफवाहका  बारेमा आम जनसमक्ष  सुस्पष्ट पार्ने बताएको छ । यस कार्यक्रमको अर्थ, आशय र सन्दर्भका बारेमा हामीले घरमा नै सानो छलफल  चलायौँ ।  धेरै खालका बोझ र जिम्मेवारी हुँदा र आफैँ पनि अल्छी हुँदा धेरै जसो हामी  महिलालाई  धेरै जानकारी हुन्न । त्यसैले डा. पोखरेलसित यस सम्बन्धी उहाँले पाएको  जानकारी लिइयो । उहाँले जान्दा जे पनि श्रीखण्ड हुन्छ नजान्दा मोती पनि माटामुनि पर्छ र सार संक्षेपमा यही  भन्नु भयो । एक अन्तर्राष्ट्रिय नेताले तिमीसित जे छ त्यही सशक्त हतियार हो भनेको पनि डा. पोखरेलले उल्लेख गर्नु भयो । यसको अर्थ तिमीसित विचार छ, आँखा छ, ज्ञान छ,  इमान छ, आँट र अठोट छ भने त्यही शक्ति हो र हतियार पनि हो भनेको रहेछ । नेताको नाम भने अहिले बिर्सिएँ ।   

उहाँले  कलाकारका हातमा परेको माटो धपधपी बल्छ भन्नु भयो । यो विषय पत्रपत्रिकामा पनि प्रकाशित गर्नु पर्ने भएकाले सविस्तार बताइदिन उहाँलाई  भनेँ  । अनि उहाँले व्याख्या गर्नु भयो । यो यात्राको बहुआयामिक अर्थ र सन्दर्भ रहेको छ तर त्यसलाई हामी सबले के कसरी लिन्छौँ, त्यसमा भर पर्छ भन्नु भयो । यो यात्रा एमालेले आजका दिन सम्म देश र जनताका लागि नमुनाका रूपमा परेका काममहरु फेरि पनि बताउने  हो । तुलना गरेर हेर्ने हो भने एमाले बाहेक अरू कुनै एक्लो शक्ति छैन । यो जन जागरणको यात्रा हो । यो यात्रा प्रतिगमनकारी सोचका लक्षित छ । अझ देशलाई अनेक बहानामा विखण्डन र असफल बनाउनेहरू विरुद्ध यो लक्षित छ । खुलेरै भन्दा अहिलेको ठगबन्धन राष्ट्रघाती सरकार विरुद्ध मूल रूपमा  यात्रा केन्द्रित रहेको छ । यति कुरा आफ्रु बुझ्ने आम जनतालाई चित्तबुझ्दो रूपमा बुझाउने कुरासित सम्बन्धित छ  । यो  जनतालाई देशको अवस्था बारे सुसूचित गर्ने चेतनशील बनाउने यात्रा हो । यसको मनोवैज्ञानिक पक्षह? पनि छन् । कम्तीमा यस यात्रामा सम्बद्ध,  सहभागी र सहयात्रीह?मा अभियान र एमाले प्रति  पातलै झुकाव र समर्थन प्राप्त हुन्छ । तर यसलाई घनीभूत बनाउन पार्टी लागिपर्नु पर्छ । स्कुलमा  विद्यार्थी चाहिँ भर्ना ग¥यो अनि नपढाएर वर्ष भरि रल्लिन दिएर हुँदैन । अहिले नै पार्टी  र मोर्चाका संगठन र विभागहरू बनेको कम्तीमा एक वर्ष हुन लाग्यो तर काम हेर्ने हो भने सबै थाहा हुन्छ । सङ्गठनमा बसेर वैचारिक लगायत काम गरेकै हुनुपर्ने प्रावधान नराखेसम्म काम हुन गाह्रो होला । डा. पोखरेलले भनेझैँ म आफैँ संलग्न रहेको प्रदेश फाउन्डेशन हेर्दा पनि थाहा भयो । अधिवेशन भएको  एक वर्ष हुन लाग्यो । काम भने वरको सिन्को पर सरेको छैन । मलाई बरु कुन जिल्ला हेर्न पर्ने हो जिम्मा दिनुस् भनेकी छु । काम पनि दिए न गर्नु । आफू मातहत अरू कसैले राम्रो काम गर्दा सहन नगर्ने अवस्था भयो भने अनि कसरी काम हुन्छ ?     अभियानका दौरानमा   नेकपा एस र नेपाली काङ्ग्रेस लगायतका पार्टीका नेता र कार्यकर्ताहरू भ्रम निवारण भई एमालेमा प्रवेश गर्ने छन् र गरिरहेका पनि छन् । 

यस्ता यात्रा दुई प्रकारका हुन्छन् । महाकवि देवकोटाका अनुसार एउटा ठिमीले यात्रा हुन्छ । खुरुखुरु र लुरुलुरु एकोहोरो बग्गीको घोडाझैँ  सिधा बाटो हिँड्ने र अर्को चाहिँ त्यही बाटो हिँड्दा पनि वरपर तलमाथि हेर्ने समग्र अध्ययन गर्ने खालको यात्रा पनि हुन्छ । यात्रालाई सन्देशमूलक     बनाउनेहरू त्यस अनुसारको सार रूप सहित  सक्रिय हुन्छन् र साथी सँगी र सङ्गतिकै लागि मात्र सडकमा धुलो उडाउनेहरू अहिलेका सामाजिक सञ्जालको दुरुपयोग मात्र रमाउँछन् र यात्राका महत्त्वपूर्ण विषय र पक्षहरूलाई ओझेल पार्ने र पर्ने गरी कानेखुसी र होहल्ला गरिरहन्छन् । अझ कति त यात्राका सार र सन्दर्भलाई नै ओझेल पर्ने र पार्ने गरी  सिँगार पटार र साजसज्जामा मात्र ध्यान दिन्छन्  । कति त नेताका आँखामा पर्न रुचाउँछन् । यसमा मैले आपत्ति गरेँ यो त अलि अति भएन र ? अझ यसमा महिलाका सिँगारलाई लक्षित गरेजस्तो पो भयो डा. साहेब भनिदिएँ । यसलाई उहाँले अझ स्पष्ट पार्दै भन्नु भयो । के महात्मा गान्धी तरितन्नम भएर कछाड लगाएर हिँडेका हुन् र होइन नि । उनी धनी बाबुका छोरा थिए । म्याडम क्युरी,पारिजात र  पूर्व राष्ट्रपति विद्या भण्डारी आदि नारी हस्तीहरू घाँटीमा तीन तोलाको सुनको सिक्री भिर्न नसक्ने हुन् र ? मुखभरि बाक्लो फाहा किनेर घस्न नसक्ने हुन् र ? उनीहरू एउटा मिसिन किनेर कपाल तान्न नसक्ने हुन कि ? कुन ठाउँमा कुन लुगा लगाउने भन्ने पनि छ क्या ? कमरेड केपी ओली प्रायः दौरा सुरुवाल, कोट र टोपी लगाएर हिँड्नुहुन्छ । उहाँले  दस हजारको टाई किन्न नसकेर टाई नलगाएको  हो र ? मूल कुरा कसको केमा ध्यान छ भन्ने कुरा हो । जब यात्रा, ध्येय र उद्देश्यको मूल मर्मप्रति भन्दा अन्य अन्य सामान्य विषयमा ध्यान केन्द्रित हुन्छ र छ भने बुझे हुन्छ । त्यसले के मा महत्त्व दिएको हुन्छ भन्ने । अर्को कुरा ओलीले के कस्तो पोसाक लगाउने भन्ने बारेमा पनि नेताहरूलाई प्रशिक्षित गर्नु भएको छ । जिन्दगी भरि नेपाली  टोपी नलगाउने वा टोपीप्रति अपेक्षा भाव राख्ने नेता पनि आफूले चिनेको डा. पोखरेलले  बताउनु भयो । ओलीले अर्ती उपदेश गरेझैँ जनताप्रति विनम्र व्यवहार हामी कति गछौँ ?  हामी सेवक हो कि शासक हो ?  यस यात्रामा मात्र होइन सधैँ यस्ता कुरालाई पनि ख्याल गर्नुपर्ने हो नि  ।  अलिकति त  देखेर पनि जान्नु पर्ने हो । त्यसमा पनि अध्यक्षले नै प्रशिक्षित गरेपछि त मान्नु पर्ने होइन  ?  डा. पोखरेलले लामै बेलिबिस्तार लगाउनु भयो । उहाँका चखिला र चोटिला कुरा  सुन्दै गए पछि फेरि प्रश्न गरु लाग्यो । जुँगा चले कुरा बुझे भनेझैँ अरु केही छ त सोध्ने कुरा भनिहाल्नु भो । मैले स्वीकृतिमा टाउको हल्लाएँ । ए त्यसो भए अलि पहिले पार्टीले गरेका जनसरोकारका आन्दोलन हेर्दा धेरै कुरा सिक्न सकिन्छ । कुरो  हो भने उहिले किसान आन्दोलन पार्टीमार्फत चलेको थियो किसानलाई हेपेर  रे होइन जी कहो आन्दोलन सुरु गरेको थियो । यसमा मूलतः वैचारिक तथा केही मात्रामा हक अधिकार पनि किसानलाई दिलाएको थियो ।

आन्दोलनमा लाग्ने किसानले पार्टी र यसका नीति सिद्धान्त जान्न बुझ्न पाएका थिए । किसानहरू व्यापक रूपमा  पार्टीमा आबद्ध र गोलबद्ध भएका थिए । यसरी नै महिला,मजदुर विद्यार्थी लगायत जन सरोकारका विषयहरूमा आन्दोलनहरू हुन्थे । अहिले अनेक समस्याहरूबाट अत्यन्त पीडित किसान,मजदुर, महिला लगायतहरुका विषय किन मुद्दा बन्दैनन् । मिटर ब्याज पीडित किसानहरू किन अनेमसंघको आँखामा पर्दैनन् ? अहिले नै पनि यस्ता विभिन्न विषयमा पीडितहरूको नाम सङ्कलन गर्ने हो भने त्यसको सङ्ख्या हजारौँ हुन्छ । त्यस्ता समस्याहरू उठान गर्ने सङ्गठित गर्ने आवश्यक दबाब दिँदा आम जनतामा सकारात्मक  प्रभाव पर्छ । माथि उल्लिखित गीत अनुसार जनतालाई मूल आधार र आश्रय आन्दोलन ठान्ने हो भने तिनका समस्या समाधानमा अगुवाइ वा नेतृत्व गर्नैपर्छ । माया गरे माया बढ्छ । हेर्न, बोल्न र व्यवहार गर्न जान्दा मात्रै पनि मैत्री कायम गर्न सकिन्छ । अहिले पनि विभिन्न खाले हिंसा पीडित महिलाको सङ्ख्या हजारौँ रहेको छ । ती महिलाहरूलाई गोलबद्ध गरेर आवश्यक दबाब दिएर समाधान गर्न गराउन सकिन्छ । न्यायालयलाई पनि पीडितका पक्षमा फैसला गर्न सघाउ पु¥याउँछ । अखिल नेपाल महिला सङ्घले हालै भूकम्प पीडित महिला लगायतका समस्यालाई नेपाल सरकार समक्ष ज्ञापन पत्र मार्फत दबाब दिएको देखिन्छ । 

 झुलाघाट चिवाभन्ज्याङ मध्य पहाडी समृद्धि सङ्कल्प यात्रामा हुँदा र नहुँदा पनि ओली कमरेडले समग्र विकास निर्माण लगायत हिंसा पीडित महिला विषयमा दबाबमूलक सम्बोधन गर्नु भएको देखिन्छ । मोर्चा सङ्गठनहरू निरन्तर आआफ्ना क्षेत्रका समस्याहरू समाधान गर्न ध्यान नदिने हो भने  जनता हाम्रो जनसङ्गठन र पार्टी वरिपरि गोलबद्ध हुँदैनन् । कसरी काम गर्ने भन्ने पनि ज्ञानको अभाव हो कि जस्तो पनि लागेको छ । महोत्तरी निवासी नेहा चौधरी पारिवारिक हिंसाको असाध्य पीडामा परेको नागरिक दैनिकबाट थाहा भयो । तर ती महिला अनेम संघमा हार गुहार गर्नुभन्दा दुर्गा पर्साइसँग गइछन् । अनेम संघ पीडित महिलाको रखबारी गर्ने संस्था हो भन्ने सन्देश कामले देखाउनुपर्छ ।  यस्ता अनेक समस्याहरू म आफैँ लगायत सुनसरी र इटहरीका साथीहरूले समाधान गर्न पहल गरेका छौँ । निरन्तर दबाब नदिई यस्ता समस्या समाधान हुँदैनन् । यी पीडित महिला हामी समक्ष नआएर अन्तै गएको नागरिक पत्रिका पढ्दा अचम्म लागेको छ । त्यसैले यस यात्रामा यस्ता समस्याहरू बुझ्ने र समाधानका लागि पहल गर्ने कुरालाई पनि ध्यानमा राख्नु पर्छ । सबै भन्दा ठुलो विकास र समृद्धि बुद्धि,ज्ञान,चेतना, विचार र चिन्तनमा आउनु प¥यो । मन सफा भए पो तन सफा हुन्छ । मनमा हरियो सर्प लुकेको छ अनि काम सद्दे हुन्छ र अभिभावकले अनावश्यक लाडप्यार गरेर समयमै उपचार नगरेर हरिया सर्पहरू  हामी नै त जन्माइरहेका छैनौँ ।  समाज,देश र जनताका समस्या समाधान गर्नु पर्छ । चेत सर्वोपरि नहुन्जेल  हाम्रा कामहरू लक्षतिर उन्मुख हुँदैनन् । मन एकातिर अनि तन अर्कातिर भयो भने पार्टीका अभियानहरूले लक्ष प्राप्त ठुलो  सकस पर्छ । पार्टी र नेता देश र जनताका हितमा इमानदारिताका साथ  एक ढिक्का हुने हो भने सय थुकी नदी हुन्छ । देश र जनताको कायापलट हुन्छ ।   

इटहरी निवासी लेखक अनेम संघ,केन्द्रकी सल्लाहकार हुनुहुन्छ । 

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ३ : ४६ बजे