आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नक्कली शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना धरौटी तिरेर छुटे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले धरौटी तोकेका ६ जना रिहा भएका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित ६ जना धरौटी रकम तिरेर रिहा भएका हुन् ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी रकम तिर्न नसकेका कारण थुनामै छन् ।

धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । रिजाललाई अदालतले १५ लाख रुपैयाँ धरौटी छ । तर उनले उक्त रकम जम्मा गर्न नसकेपछि रिहा नभएका हुन् ।

उच्च अदालत पाटनले साधारण ताखेरमा छाड्न आदेश दिएका आशिष बुढाथोकी पनि रिहा भएका छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  २ : ५८ बजे