यस्तो छ आजको विनिमय दर

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य आज बुधबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ४० बजे