एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । 

समितिको सदस्यहरूमा सरकारका सचिव फणीन्द्र गौतम, सहसचिव द्वय  बाबुराम भण्डारी र  हृदेशकुमार शाक्य, तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ । 

समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : २३ बजे