प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचरबीच भेटवार्ता

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ । 

प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बुधवार वरिष्ठ निर्देशक लाउबाचरले  परराष्ट्र मन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउने बारेमा छलफल गर्नुभएको थियो । 

बुधवार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्नुभएकी उहाँले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गर्नुभएको थियो । 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  १० : २६ बजे