आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अपडेट : कवाडी गोदाम आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

विराटनगर । विराटनगर महानगरपालिका–७  स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधवार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ ।

 एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परेर विराटनगर-७ का ३२ वर्षीय दीपक मण्डलको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। 

प्रहरीका अनुसार एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको हाे । शवको पहिचान खुलेको छैन।

अन्य घाइतेमध्ये विराटनगर-६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर-६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर-६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन।

 

 

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ०४ बजे