‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सुनसहित १ जना पक्राउ

काठमाडौं । काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

प्रहरीले कारखानाका सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको बताइएको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ३९ बजे