आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपाल भारत सीमा स्तम्भ मर्मत कार्य सुरु

दाङ । दाङको नेपाल–भारत छुट्याउने नेपाल सीमा स्तम्भको (पिल्लर) मर्मत कार्य सुरु भएको छ। 

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रङ रोगन कार्यको शुभारम्भ गर्नु भएको छ । 

लुम्बिनी प्रदेशको दाङ जिल्लाको कुल ७६ पिल्लर मध्ये जोर सङ्ख्या भारत र बिजोर सङ्ख्या नेपालले मर्मत तथा रङ रोगन गर्ने सशस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो। नेपालले ३५ वटा पिल्लरको मर्मत तथा रङ रोगन गर्ने जानकारी दिँदै प्रमुख श्रेष्ठले सन् २०१४ भन्दा पहिलेका पिल्लर मर्मत सम्भार नहुने बताउनुभयो । 

सीमा स्तम्भको मर्मत तथा रङ रोगन कार्यको शुभारम्भ कार्यक्रममा भारतको तर्फबाट सशस्त्र प्रहरी बल बलरामपुर जिल्लाका डिएसपी आर के तेज कुमार, नेपालका तर्फबाट सशस्त्र प्रहरी बल दाङका प्रमुख गोपाल प्रसाद श्रेष्ठ, प्रस्तावित सीमा सुरक्षा बल गुल्म कोइलाबासका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष विर सिंह, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी नायव उपरीक्षक कुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५९ बजे