उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ । 

छोरी गंगासहित प्रधानमन्त्री दाहाल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहनुभएका श्रेष्ठलाई भेट्न बिहानै अस्पताल पुग्नुभएको हो ।

गएराति उपप्रधानमन्त्री श्रेष्ठको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ०१ बजे