‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलवार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैध रूपमा औषधि बिक्री वितरण गर्ने बुढानीलकण्ठ नगरपालिका–१० आदर्श नगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बुढानीलकण्ठ क्षेत्रका चार वटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री  गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिनुभयो ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३५ बजे