सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

बाँके । बाँकेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडेलको मृत्यु भएको हो ।

कोहलपुर -१४ पार्वतीपुरको मन्दिर नजिकको भित्री बाटोमा बाटो क्रस गर्ने क्रममा पैदल यात्रु पौडेललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका पौडेललाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मोटरसाइकल र मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष ३८ को नेत्र लाल यादव प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५९ बजे