काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे बुधबार छलफल गर्ने भएको छ ।
एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो।
समितिको बैठक दिउँसो २ बजे बस्नेछ।
प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ६ : ४३ बजे
प्रतिक्रिया