आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बाख्रालाई घाँस काट्न रुखमा चढ्दा करेन्ट लागि एकको मृत्यु

वीरगन्ज । पर्साको मनहर्वामा आज दिउँसो बाख्रालाई घाँस काट्न रुखमा चढ्दा अचानक ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विद्युत्को तारमा रुखले छोएपछि करेन्ट लागेर एक व्यक्तिको घटना स्थलमै मृत्यु भएको छ ।

पर्साका पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ मनहर्वा टोल निवासी चोकट साह तेली बाख्रालाई घाँस काट्न घर नजिकैको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक हाइ-टेन्सन तारमा घाँसको रुख टाँसिएपछि रुखमा चढेका तेलीको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको  इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र पोखरीयाका प्रहरी टोली पुगेर मृतकको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : १८ बजे