डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका -५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले पक्राउ गरिएका ३ जनाको नाम सार्वजनिक गरेको छ ।
मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले पत्रकारसँगको एक कार्यक्रममा ३ जनाएको नाम सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला दिपायल सिलगढी नगरपालिका -५ पुन्ना बस्ने वर्ष ३० का लक्ष्मण विष्ट, वर्ष ३० को देवराज भट्ट र सोही ठाउँकै वर्ष ३० का राम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिष्णुहरी कोइरालाले बताए ।
३० वर्षीय समीर मङ्सिर १२ गते बिहान ०७ : ०० बजेको समयमा दिपायल सिलगढी सडक खण्ड अन्तर्गत दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित पक्की सडक खण्डको नालीमा मृत फेला परेका थिए ।
उनीहरू ३ जनाको नाममा १३ गते मृतकको बुवाले प्रहरी कार्यालयमा ठाडो निवेदन दिए पश्चात् उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
मङ्सिर १४ गते ३ जनाको नाममा कर्तव्य ज्यान सम्बन्धी जाहेरी प्राप्त पश्चात् सम्मानित अदालत डोटीबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक कोइरालाले जानकारी दिएको छ ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ५ : ०४ बजे
प्रतिक्रिया