सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदन हेर्न नभ्याइने

काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि तोकिएको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए ।

न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थिए । सोहिअनुसार आजका लागि पूर्ण सुनुवाइ तोकिएको थियो ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ५२ बजे