‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पोर्चुगल पठाइदिन्छु भनी साढे ७ लाख रुपैयाँ ठगी, एक महिला पक्राउ

काठमाडाैं । पोर्चुगल पठाइदिन्छु भनी साढे ७ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-४ घर भई हाल काठमाडाैंकाे तार्केश्वर नगरपालिका-८ बस्ने ४३ वर्षीया सुष्माकुमारी खड्का रहेकी काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

उनले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठादिने, त्यहाँ जान ११ लाख लाग्ने, पुगेपछि होटलमा वेटरमा काम लगाइदिने र मासिक १ लाख २० हजार रुपैयाँ धेरै तलब हुने भनी विश्वास दिलाएर प्रलोभनमा पारेकी थिइन् । त्यसपछि शाहीबाट पटक-पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर खड्का सम्पर्कबिहीन भएकी थिइन् ।

घटनाबारे जानकारी आएपछि खोजतलास गर्ने क्रममा खड्कालाई साेमबार बिहान बानेश्वरबाट पक्राउ गरिएकाे कार्यालयले जनाएकाे छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको पनि कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : १४ बजे