आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ढोरपाटनमा हिमपात, जनजीवन कष्टकर

बलेवा ।  बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । 

 “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भन्नुभयो, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ  ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनुभयो ।
 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  २ : ०२ बजे