काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
सोमबार तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला सुनको मूल्य १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
यस्तै तेजाबी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य बढे पनि चाँदी भने स्थिर रहेको छ।आज चाँदी प्रतितोला १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ११ : २५ बजे
प्रतिक्रिया