आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजारमा सामान्य गिरावट,कारोबार रकम १ अर्बमुनी

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ७।२९ अंकले घटेर १८५१।२३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १।६५ अंकले घटेर ३५४।४३ विन्दुमा अडिएको छ।

२९३ स्क्रिप्टको  ३४ लाख १९ हजार ७३ कित्ता सेयर  ३६ हजार  ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य  ९।९९ प्रतिशतले घट्यो। 

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९।६३ प्रतिशतले बढ्यो। साविको लघुवित्त वित्तीय संस्थाको ९।०४ प्रतिशत,इङवा हाइड्रोपावरको ८।६० प्रतिशत र माइ खोला हाइड्रोपावरको ६।२८ प्रतिशत र मोलुङ हाइड्रोपावरको ५।६९ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा सोनपुर मिनरल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड ९५ लाख २९ हजार २७० रुपैयाँको सेयर कारोबार भयो। सबै समूहको उपसूचकमा गिरावट आएको छ। माइक्रो फाइनान्स उपसमूह बाहेक अन्य सबै उपसमूहको परिसूचक घट्यो।

९४  स्क्रिप्टको मूल्य  बढ्दा १३६ को घट्यो भने १० को मूल्य स्थिर रह्यो।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ५६ बजे