‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रोजगारीको प्रलोभन देखाइ भारतमा लगेर मानव बेचविखन गरेकाे आराेपमा एक महिला पक्राउ

बाँके । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छिन् ।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित रहेको यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुनालाई बाँके नेपालगन्जबाट पक्राउ गरेको हो ।

मुनाले भारतमा घरको सरसफाइमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेका तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीहरूलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा नै उनीविरूद्ध उजुरी परेकाले आरोपित मल्ललाई नेपालगन्जबाट पक्राउ गरेर काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायण डाँगीले जानकारी दिनुभयो । हालसम्म उनका विरुद्ध बाँकेमा भने कुनै उजुरीहरू परेका छैनन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : १७ बजे