आन्तरिक हवाई उडानमा अत्यधिक चाप

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, ६ जना पक्राउ

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ ।

झुलेका स्थानीय २० वर्षीय सञ्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो । गए राति डाँडाबारी जङ्गलमा सार्की सहित ७ जनाको टोली सिकार खेल्न गएका थिए । 

सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको वट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो ।

छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौलागाइँ स्मृति अस्पतालमा ल्याइएको थियो ।

आज बिहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

सार्कीसँगै सिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगि, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जीव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनुभयो  ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : १२ बजे