शहीद दशरथ चन्द  स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौं । राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान  विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।  

समितिको आज सिंहदरबारमा बसेको बैठकमा  शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीले २०८१ बैशाख १ गतेभित्रमा विशवविद्यालयको सम्पूर्ण भौतिक संरचना निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताउनुभयो । 
बैठकमा संशोधनकर्ता सांसदहरु देवेन्द्र दाहाल,तुलसाकुमारी दाहाल, मदनकुमारी शाहलगायतले पहिलोपटक स्वास्थ्य शिक्षा प्रदान गर्नेगरी स्थापना हुन लागेको विश्वविद्यालय सुदूरपश्चिमको मात्रै नभइ राष्ट्रिय विश्वविद्यालय हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।  

मुलुकमा भएका विश्वविद्यालयहरु विद्यार्थी अपुग भएर बन्द हुने अवस्थामा स्थापना गरिन लागिएको उक्त विश्वविद्यालय संचालन अघि थप अध्ययन गरिनुपर्ने भन्दै सांसदहरुले विश्वविद्यालय संचालनको स्पष्ट नीति हुनुपर्नेमा जोड दिनुभयो । 
 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ५१ बजे