‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

धनुषाको बटेश्वरमा चौधवर्षे बालिका बलात्कृत

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा एक नाबालिकामाथि बलात्कार भएको छ ।

शुक्रबार धान काट्न खेत गएकाे बेला बटेश्वर गाउँपालिकाका घर भएको चौध वर्षीय बालिका बलात्कृत भएकी हुन ।

बटेश्वर गाउँपालिका -४ बस्ने राम दुलार महतोको छोरा वर्ष २८ को नवीन महतोले बालिकालाई उखुबारी लगेर मुख थुनी बलात्कार गरेको पिडित परिवारकाे आराेप छ । बलात्कार गर्ने युवक फरार भएकाे छ ।

युवकको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेटर दिपक कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ४ : ४७ बजे