‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कटुवा पेस्तोल देखाएर श्रीमती कुट्ने एक पक्राउ

धनुषा ।  धनुषामा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले शुक्रवार साँझ  धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला टोल बस्ने  वर्ष ५१ को रामईश्वर ठाकुरलाई  एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।  ठाकुरले आफ्नै श्रीमती वर्ष ५० की रामकाशी देवी ठाकुरलाई कुटपिट गरी हतियार देखाई ज्यान मार्ने धम्की दिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । 

सूचना लगत्तै ठाकुरको घर पुगेको प्रहरीको टोलीले उनको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा चालु अवस्थामा रहेको ९ इन्च लम्बाई भएको कटुवा पेस्तोल फेला पारेको थियो । कटुवा पेस्तोलसहित पक्राउ परेका ठाकुरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  २ : २५ बजे