साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

जनसांस्कृतिक महासङ्घ सुनसरीको प्रशिक्षण  सम्पन्न

सुनसरी । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ,सुनसरीले इटहरीमा कला साहित्य र  संस्कृति विषयक सैद्धान्तिक प्रशिक्षण सम्पन्न गरेको छ । महासङ्घकी केन्द्रीय सदस्य कलाकार बालिका पौडेलको प्रायोजनमा सम्पन्न कार्यक्रम महासङ्घकी अध्यक्ष कलाकार विद्या घिमिरे कार्कीको  सभापतित्व रहेको थियो ।  

कार्यक्रममा प्रा.डा. बद्रीविशाल पोखरेल र केन्द्रीय सदस्य तथा वरिष्ठ कलाकार ओम विक्रम ओझाले संयुक्त रूपमा कला, साहित्यिकसम्बन्धी जन सांस्कृतिक  मान्यता   र कृष्ण प्रसाद गौतमले प्रगतिवादी कविता : सिद्धान्त र प्रवृत्ति शीर्षकको अवधारणा पत्र प्रस्तुत गरेका थिए । दुवै पत्रमा प्रगतिशील, प्रगतिवादी तथा जन सांस्कृतिक मान्यता विषयमा प्रकाश पारिएको थियो । अवधारणा पत्रमा भिन्न विचार र सिर्जनालाई दबाब र दमन गरेर होइन तिनसित स्वास्थ्य प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने कुरा खुलस्त गरिएको थियो । 

राम्रो काम पनि राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने जबज अनुसारको  प्रतिस्पर्धी प्रगतिशील प्रगतिवादी सांस्कृतिक सौन्दर्य पक्ष पत्रहरूमा प्रस्तुत गरिएको थियो ।    उपयुक्त आधार पत्रका विषयमा प्रश्नोत्तर  सहित  व्यापक छलफल र अन्तर्क्रिया सम्पन्न भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.बद्रीविशाल पोखरेलले कार्यक्रम गुणात्मक रहेको बताउँदै सिद्धान्त,सिर्जना  र सङ्गठन जस्ता त्रिआयमिक विशेषता एउटा अगुवा स्रष्टा र कलाकारमा हुनै पर्ने उल्लेख गरे । महासंङ्घका केन्द्रीय सदस्यहरू वरिष्ठ कलाकार दुर्गा पराजुली,हीरा ओझा,सुनसरी जिल्ला सदस्य,सांस्कृतिक इन्चार्ज तथा वरिष्ठ लोक गायक बालकृष्ण कार्की,जिल्ला सदस्य तथा प्रसिद्ध गीतकार गायत्री लम्साल,महासंघ इटहरी इनरुवा र रामधुनी पालिकाका अध्यक्षहरू क्रमशः हरिप्रसाद भट्टराई,रुक्मणी सापकोटा र लालबहादुर चौधरी, कलाकार टेक बहादुर पुरी, हंश वाहिनी फिल्मस प्रोडक्शन प्रा.लि.का अध्यक्ष कलाकार कृष्ण नेपाल, लगायतले   पत्रउपर आ-आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए । 

छलफल बहसका क्रममा सर्जकहरूलाई अधिकांश पार्टी  नेतृत्वबाट उपेक्षापूर्ण ब्यवहार गरेको तीतो अनुभव भए पनि त्यसको समाधानमा सर्जक संस्था सक्रिय रहनु पर्ने आवाज उठेको थियो । सभामा कलाकार बालिका पौडेल,प्रलेस सुनसरी अध्यक्ष टीक मिलन, महिला नेतृ तथा लेखक मिथिला पोखरेल,महासङ्घकी सचिव ऋचा काफ्ले,छन्दोवादी कवि सीता दाहाल,र महासंघ कोषाध्यक्ष तथा उपाध्यक्ष क्रमशः नन्दु ओझा र ः  अर्जुन बिस्टले आआफ्ना विचार र सिर्जना प्रस्तुत गरेका थिए ।        

 

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १२ : ४२ बजे