डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन ! (भिडियाे)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई देउवाकै गृह जिल्लाबाट फोन गर्नुभएको छ।

एमालेको मध्यपहाडी यात्राका क्रममा देउवाको गृह जिल्ला डडेल्धुरामा रहनुभएका अध्यक्ष ओलीले सभापति र देउवालाई फोन गर्नुभएको हो । 

फोनमा दुई नेताले हाल खबर सोध्नुभएको छ । सो क्रममा देउवाले आफ्नो जिल्लामा स्वागत गर्नुभएको छ भने अध्यक्ष ओलीले डडेल्धुरा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । 

फोनपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ,’सुन्दर डडेलधुरा!! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो । उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो । धन्यवाद शेरबहादुरजी !’

नेकपा एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । अभियान सुरु भएसँगै ओली कांग्रेस सभापति देउवाको गृह जिल्ला पुग्नुभएको थियो । एमालेको मध्यपहाडी लोकमार्ग यात्राको आज दोस्रो दिन डडेल्धुरा र डोटीमा सभा हुँदैछ ।

 (भिडियाे) :

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ४१ बजे