साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रामा नेकपा एमाले 

बैतडी जिल्लाको नेपाल भारत पश्चिमी सीमा झुलाघाटबाट पाँचथर जिल्लाको नेपाल भारत पूर्वी सीमा चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा , २०८० पुस १४ गतेबाट प्रारम्भ भएको छ ।

नेकपा एमालेले आयोजना गरेको यो समृद्धिलक्षित क्याराभान नेपालको समृद्धि, चेतना र विकासका लागि निकै महत्त्वपूर्ण रहेको छ । राजनीतिको सत्ता र दल केन्द्रित बढ्दो विसङ्गतिबाट मुलुकलाई मुक्ति दिन यो सङ्कल्प यात्रा महत्त्वपूर्ण हुने देखिएको छ ।

नेकपा एमालेले राजनीतिको एजेन्डालाई सत्ता प्राप्तिभन्दा मुलुकको समृद्धि र नागरिकको सुखका लागि हुनुपर्छ भन्ने आफ्नो स्थापित मान्यतालाई जनताका पक्षमा परिणाममुखी बनाउन यो यात्रा केशेढुङ्गा बन्ने निश्चित छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ झुलाघाटबाट सुरु भएको अभियानमा उत्साहका साथ देशभर नेपाली जनताको साथ र सहयोग नेकपा एमालेप्रतिको विश्वासले हर्ष लागेको बताउनुभएको छ । 

मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटर लामो यो पद यात्रा एमालेको मात्र नभएर आम नेपालीको उत्साह प्रतिविम्वित गर्ने एउटा अवसर बनेको छ । २०८० पुस १४ गतेबाट सुरु भएको यस सङ्कल्प यात्रामा नेकपा एमालेका अध्यक्ष एवम् मुलुकका पूर्व प्रधानमन्त्री आफैँले नेतृत्व गरेर पुरा गर्ने हिम्मत गर्नु प्रेरणादायी विषय पनि हो ।

उच्च पद प्राप्त गरेपछि राजनीतिक नेतृत्व हवाइमार्ग वा स्थलमार्गबाट सजिला स्थानमा मात्र अझ निर्वाचनका समयमा मात्र पुग्ने र आफ्ना कुरा जनतालाई सुनाएर सोही मार्गबाट राजधानी फर्किने परम्परागत अभ्यासलाई यस यात्राले खण्डन गरेको छ ।

नेकपा एमालेले मूल नेतृत्वसहित आफ्ना करिब १०० नेता गण रहेको समूह प्रदेश र स्थानीय नेतृत्व र तत् तत् क्षेत्रका आम नागरिक सम्मिलित हुने गरी आयोजना गरेको यस पद यात्रामा विशेषतः मध्य पहाडी क्षेत्रका नागरिकको अवस्था बारे अध्ययन, प्रत्यक्ष साक्षात्कार र वस्तुगत अवस्थाको अवलोकन र विकासको अनुगमन समेत गर्ने अवसर मिल्नेछ ।

करिब तीन साताको यो समय मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का रूपमा रहेको छ । यसका साथै अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन भूमिका खेल्नेछ ।

यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने र भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने महासचिव शङ्कर पोखरेलको उद्घोष रहेको छ ।

अहिले पहाड छाडेर मधेसमा बसाइँ सर्ने र मधेसबाट राजधानीमा बसाइ सर्ने र अवसर खोजेर विदेश पलायन हुने प्रवृत्ति बढेको छ । यो नकारात्मक प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा समेत यात्राका क्रममा पहिचान हुने छ । यस अभियानले पहाडी भेगका नागरिकलाई सकभर आफ्नो जन्मस्थानमा नै बस्ने वातावरण बनाउन सहयोग पुग्नेछ । यसका लागि ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्न आवश्यक मार्गदर्शन समेत प्राप्त हुनेछ ।

यात्राका क्रममा निर्धारित मार्गको आसपासका विभिन्न पेसा व्यवसायमा रहेका आम नागरिक, स्थानीय जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, किसान, मजदुर, संस्कृति संवाहक समुदायसँग नेतृत्वको खुला छलफल, बहस तथा  साक्षात्कार र अध्ययन मनन गर्ने अवसरबाट मुलुकको झन्डै आधा जनसङ्ख्या लाभान्वित हुने छन् । यो यात्रा नेतृत्वले सामूहिक रूपमा नै जनताका गुनासाहरू सुन्ने र दल तथा आफूप्रतिका भ्रम निवारण गर्ने महत्त्वपूर्ण अवसर पनि बन्ने छ । यस अभियानको क्रममा हुने जनता र नेता बिचको अन्तरसंवाद तथा अन्तरघुलनले नेपालको एकता, नेपालको मौलिक संस्कृति जस्ता समृद्धि र गौरवपूर्ण इतिहासका आधारलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ ।

नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारले पन्ध्रौँ योजनामा २५ बर्षे समृद्धिको मार्ग पहिचान गरी लागु गरिसकेको छ ।  यो लामो यात्राले आगामी दिनमा एमालेको नेतृत्वमा सरकार बनेपछि मुलुकको समृद्धिको खाकामा समय सापेक्ष परिमार्जन गरी अझ उन्नत बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्नेछ । यस अर्थमा यो यात्रा मिसन ८४ को एक महत्त्वपूर्ण अङ्ग पनि हो भन्न सकिन्छ ।

यस यात्राको क्रममा अहिले विकास पहाडतिर उकालो लाग्ने, पहाडका मानिसहरू मधेस र सहर झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने उपाय पनि खोजिने छ । यसका साथै मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै कसरी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको समेत खोजी गरिनेछ ।

सबभन्दा महत्त्वपूर्ण विषय त वर्तमान विसङ्गतियुक्त राजनीतिक अवस्थाले जनतामा बढ्दै गएको निराशा र आक्रोशलाई जनताका घर आँगनमा नै पुगेर पुनः आशा जगाउन समेत यो यात्रा निकै सहयोगी बन्नेछ र बन्न सक्नु पर्दछ । आगामी पुस ५ गते काठमाडौँमा सार्वजनिक गरिने यात्राको निष्कर्ष सहितको धारणाले थप उपलब्धि उजागर गर्ने नै छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४९ बजे