‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

बागलुङ । मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गरेको अभियोगमा नेपाली कांग्रेसक क्षेत्रीय सभापति पक्राउ परेका छन्।

बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी मदन केसीले बताउनुभयो ।

श्रीसहितका अभियुक्तलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : ३३ बजे