दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि

काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ । 

प्रतियोगितामा पुम्से र ग्यरोगी विधामा जम्मा ७२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा जम्मा छ सय ५० खेलाडीको सहभागिता रहने तेक्वान्दो सङ्घका सदस्य बब्लु सिवाकोटीले बताउनुभयो ।

उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु नौ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । तीन दिने प्रतियोगिताका खेल सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ । 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : ५४ बजे