विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

वीरगन्जको बसपार्क क्षेत्रका होटेलबाट ८ युवती सहित १३ पक्राउ

वीरगंज ।  वीरगन्जको बस पार्क क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा छापामारी आज साँझ पर्सा प्रहरीले ८ युवती सहित १३ जनालाई पक्राउ गरेको छ । 

वीरगंज बस पार्क क्षेत्रमा रहेका केही होटल तथा रेष्टुरेन्टहरुमा अमर्यादित गतिविधि तथा यौनधन्दा बढ्दै गएको गुनासो स्थानीय गरेसँगै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले ८ जना युवती ५ जना युवक सहित १३ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो । 

पक्राउ परेका युवा युवतीहरूलाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको प्रहरी निरीक्षक थिङले बताउनु भयो । 

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : १० बजे