आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एनसेलको शेयर बेचेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय

काठमाडौं । मलेसियाको आजियाटा बर्हार्ड कम्पनी एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आजियाटाले आफ्नो सबै शेयर बिक्रीमा राखेको जनाएको छ ।

एनसेलमा आजियाटाको ८० प्रतिशत शेयर हिस्सा रहेको छ । बाँकि रहेको २० प्रतिशत सेयर भने नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको नाममा छ ।

एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ०६ बजे