आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको भाउमा फेरि रेकर्ड ब्रेक, हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमााडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एकैदिन १६ सयले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ ।

चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : १६ बजे