कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना

काठमाडौं । नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले दोषी ठहर गर्दै उनलाई यस्तो सजाय सुनाएको हो ।

गत वर्ष नेवारी समुदायलाई लक्षित गरी कमेडी गरेपछि उनी विवादमा तानिएका थिए । प्रहरीले उनलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । सजाय पाएसँगै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता सकिएको अनुभव भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ४४ बजे