कपिलवस्तुमा बसको ठक्करबाट घाइते किशोरीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बसको ठक्करबाट घाइते भएकी किशोरीको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिकामा बसको ठक्करबाट घाइते किशोरीको मृत्यु भएको छ ।

मगंलवार बिहान पौने ६ बजे भएको दुर्घटनामा अर्घाखाँची घर भई बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाई बस्ने वर्ष १८ कि सृष्टि बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतकलाई पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बुङ्ची चोकमा ठक्कर दिएको थियो ।

साइकलमा सवार रहेका दुई जना मध्ये घाइते हुनु भएकी निर्मला बि.सी को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय  पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ४१ बजे