दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

केपी ओली कप : सुदूरपश्चिम प्रदेशसँग नेपाल पुलिस ४ विकेटले पराजित

पोखरा । पोखरामा जारी केपी ओली कप टी-ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दा मधेश प्रदेश भाग्यमानी बनेको छ ।

आज (मंगलबार) बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छैटौं नम्बरमा आएका सुदूरपश्चिमका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेल्दै पुलिसले दिएको १५९ रनको लक्ष्यलाई सुदूरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यद्यपि मधेश प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

मधेशले सुदूरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बनेको हो । छैटौं र सातौं नम्बरमा आएका किरण ठगुन्ना र नरेन साउदले उत्कृष्ट पारी खेल्ने क्रममा छैटौं विकेटका लागि ९३ रनको साझेदारी गर्दै जितको सम्भावना देखाए । नरेन रसिद खानको बलमा आरिफ सेखको हातबाट क्याच हुँदा ३९ रनमा खेलिरहेका थिए । उनले ३० बल खेल्दै ५ चौका र १ छक्का हिर्काए ।

ठगुन्नाले अविजित ५१ रनको इनिङमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबमाथि ४ विकेटको इज्जतिलो जित आत्मसात् गर्यो । ठगुन्नाले ३४ बल खेल्दै चार चौका र दुई छक्का हिर्काए । ठगुन्नालाई नारायण जोशीले १७ रनमा साथ दिएका थिए । उनी पनि नटआउट रहने क्रममा ७ बल खेल्दै १७ रन बनाए । दुई चौका र १ छक्का हिर्काए । १८.४ ओभरमा करण केसीको बलमा छक्का प्रहार गर्दै जोशीले जितको खुसी मनाए ।

स्पिनर रसिद खानको बलमा ब्याटर घुम्दा सस्तैमा आउट भए । ओपनर गजेन्द्र बोहोरा खानको बलमा दुई बलको सामना गरेसँगै शून्यमा आउट भए । त्यसपछि राजु रिजाल १६ बल खेल्दै खानकै बलमा अर्जुन साउदको हातबाट क्याच हुँदा व्यक्तिगत १९ रन स्कोरमा थियो । ४ चौका हिर्काइसकेका थिए । आयुव चन्द सुनील धमलाको बलमा ५ रनमा आउट भएपछि सुदूरपश्चिमको माथिल्लो अर्डर सस्तैमा प्लयेर बक्समा फर्किएको थियो ।

सागर ढकालको बलमा रसिद खानको हातबाट वसन्त कार्की क्याचआउट भए । उनले १५ रन बनाए । १४ बलमा २ छक्का हिर्काए । टस जितेर ब्याटिङ रोजेको नेपाल पुलिस क्लबले कुशल भुर्तेलको अर्धशतीय पारीमा १५८ रनको योगफल तयार पार्यो । भुर्तेलको ५१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६७ रनको योगदान गरे । उनको अर्धशतीय पारीमा नेपाल पुलिस क्लबले ४ विकेटको क्षतिमा १५८ रनको स्कोर तयार पारेको थियो ।

ओपनर सुनील धमलाले ४० बलमा ४२ रन हिर्काए । उनको इनिङमा दुई चौका र दुई छक्का सामेल थियो । एकपछि अर्को क्याच फुत्काएपछि सुदूरपश्चिमले विशाल योगफलको सामना गर्नुपर्यो । वसन्त खत्रीको बलमा आउट भएका थिए । पहिलो विकेटका लागि भुर्तेल र धमलाले १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

भुर्तेलले ३८ बलमा अर्धशतक पूरा गरेका थिए । धमला व्यक्तिगत ४२ रनमा पभेलियन फर्किए । विकास आग्रीको बलमा नरेश साउदको हातबाट क्याच भए । अर्जुन साउद पनि व्यक्तिगत २० रनमा आउट हुन पुगे । उनले दुई छक्का हाने । करण केसीले केवल तीन बल खेल्दै ७ रन बनाउने क्रममा एक छक्का हिर्काउँदै नटआउट रहे । विकास आग्रीले दुई विकेट लिए । ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : १७ बजे