सुनको मूल्यमा नयाँ कीर्तिमान

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो , हत्याको आशंका

जनकपुरधाम । धनुषा जिल्लामा एक महिलाको शव सडेको अवस्थामा  फेला परेको छ ।

जिल्लाको धनौजी गाउँपालिका वडा नंं ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनु भयो  ।

उहाले शव ७५ प्रतिशत भन्दा बढी सडेको अवस्थामा रहेको भन्दै करिब ६÷७ दिन पहिला नै महिलाको मृत्युु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानले खुलेको बताउनुभयो ।

स्थानीयले आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमारटमको लागि प्रादेशिक अस्पतालमा पठाइएको पहरी उपरीक्षक शर्माले जानकारी दिनु भयो । मृत फेला परेका महिलाको उमेर ३५÷४० वर्ष जस्तो देखिएको र सनाखत पनि हुन नसकेको उहाले जानकारी दिनु भयो ।

महिलाको शव परालले छोपेकाले कसैले हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिईएको छ । महिलाको विषयमा अनुसन्धान गर्ने काम भईरहेको पनि प्रहरीले जनाएको छ । महिलाको शव भेटिएको ठाउँ नेपाल भारतको सीमासँग जोडिएको ठाउँमा फेला परेको छ । प्रहरीले घटनाको अनुसनधान गर्न तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ०० बजे