विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने प्रहरीका सई पक्राउ

बर्दिया । मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने नेपाल प्रहरीका एक जना सई पक्राउ छन् । 

पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा  उनी पक्राउ परेका हुन् । 

बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए ।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

​​​​​​​

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ३६ बजे