दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

भारतमा चट्याङले एकै दिन १८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ । भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटना निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मरेका छन् । गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ४५ बजे