डोटीमा ३० वर्षीय युवक मृत फेला

डोटी । डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन्।

मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नारायण सिह नेगीले बताउनुभयाे।

 प्रहरी घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको नेगीले बताउनुभयाे । मृतको शव उठाएर जिल्ला अस्पताल डोटीमा पोस्टमार्टम गर्ने तयारी भैरहेको  छ ।

 

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : ४२ बजे