काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो ।
हिजो सोमबार प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला तीन सयले बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । आज चाँदी तोलको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार ११ : ३० बजे
प्रतिक्रिया