विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतीयको कुटपिटबाट नेपाली नागरिकको मृत्यु

बाँके । भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपाली नागरिकको मृत्यु भएको छ।

 

बर्दियाको गुलरिया नगरपालिका–११ का ४० वर्षीय रमेश यादवको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

भारतीय लौकाहीका जलालु खान र उनको छोरा अतहर खानलगायत १० जनाले यादवलाई निर्घात कुटपिट गरेको मृतकको आफन्तले जनाएका छन्।

 

लौकाहीका भारतीय नागरिक नेपाल गुलरिया नगरपालिका–११ डाडालालपुर गाउँमै पसेर कुटपिट गरेको स्थानीयको भनाई छ।

भारतीयले गत कार्तिक २३ गते नेपाली युवकलाई कुटपिट गरेका थिए। घाइते भएका यादवको लखनउमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ५७ बजे