झापा । झापाको राजगढस्थित गोपाल राजवंशीले सञ्चालन गरेको काठ मिलमा आज बिहान आगलागी भएको छ ।
विद्युत् सर्ट भएर मिलमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको छ ।
आगलागीबाट काठ चिर्ने मेसिन, मिलमा रहेको काठ र मोटर गरी सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ११ : २० बजे
प्रतिक्रिया